इडनमा शुभकामना कार्यक्रम सम्पन्न

इडनमा शुभकामना कार्यक्रम सम्पन्न

बुटवल-११, नहरपुरमा अवस्थित इडन इङ्गलिस बोर्डिङ्ग स्कुलमा एस.ई.ई. परीक्षा दिने विद्यार्थीहरुको लागि शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता कक्षा ९ मा अध्ययनरत सुनिल सुनारले गर्नुभएको थियो भने सन्चालन बीरता महत र प्राप्ती अधिकारीले गर्नुभएको थियो। कार्यक्रम बुटवल-११ का जनप्रतिनिधि तथा विद्यालयका अध्यक्ष नकुल शाही ठकुरीको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य शिवहरी भट्टराईको विशिष्ट आतिथ्यतामा भएको थियो। कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना तथा मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले इडनले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउनेमा विश्वास तथा शुभकामना ब्यक्त गर्नुभयो। त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि तथा प्राचार्य शिवहरी भट्टराईले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विद्यालयले गरेको प्रयासको स्मरण गराउँदै यो बर्षको एस.इ.इ. परीक्षामा सर्बोत्कृष्ट नतिजा आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो। कार्यक्रममा कक्षा ९ बाट दिपा कुवँर र उप प्राचार्य कुशल बस्यालले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कक्षा १० बाट रितिका खनालले धन्यवाद मन्तव्य राख्नुभएको थियो।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij