मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा नागरिक सम्वाद

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा नागरिक सम्वाद

बुटवल -११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएकोछ। समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले महिला अधिकार : मानवअधिकार तथा “नेपाल नागरिकता ,दोस्रो संसोधन विधेयक -२०८१” शिर्षकमा शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । सो अबधारणा माथि नागरिक सम्बाद भएको थियो।
प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक समेत रहनुभएकी लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले नागरिक सम्बादमा बोल्दै शान्ति समाजले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निकै महत्त्वपूर्ण बिषय उठान गरेकोमा सराहना गर्दै नागरिकता सम्बन्धि समस्याको समस्या अबिलम्ब समाधान गरिनुपर्नेमा जोड दिनु भयो । उहाले नागरिकता नपाउदा बैंक खाता खोल्न,सिम निकाल्न, जग्गा किन्न लगायत धेरै क्षेत्रमा महिलाहरु एवं सम्बन्धित बर्ग बन्चित हुनुपरेको उल्लेख्य गर्नुभयो । आफुहरुले सदनमा कुरा उठाउदै आएको र पुरा नभएसम्म उठाइराख्ने बताउनु भयो ।

प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्वसभापति गोविन्द खनालले महिलाको समानता, सहभागिता, सरसम्मान, आर्थिक निर्णयको अधिकार, चुनावमा प्रत्यक्ष लड्ने बाताबरण बनाउन सबै लाग्नुपर्नेमा जोड दिनु भयो। उहाँले नेपालले प्रत्येक नागरिकको मानवअधिकार संरक्षणको लागि अन्तर्राष्ट्रिय मंचमा गरेका महासन्धिहरु कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवालीले नागरिकता बिहिन भएर राष्ट्रियता बिहिनको अवस्थालाइ अन्त्य गर्न शान्ति समाज लगायतका अधिकारकर्मीसग सदैव सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राससका पुर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईं, शान्ति समाजका केन्द्रिय सचीव( लुम्बिनी प्रदेश ) डिपि खनाल, वडा अध्यक्ष यज्ञ पङ्गेनी, महिला अधिकारकर्मी रिता सेन, बह्रमाकुमारी मोनिला, बिष्णु भण्डारी लगायतले महिला श्रमिक तथा आम गरिखाने महिलाको न्यायको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा संचारीका समुह नेपाल रुपन्देहीको अध्यक्ष मिना ढकाल, शान्ति समाजको केन्द्रीय सदस्य रत्ना कंडेल, जिल्ला सदस्य केशवराज पाण्डे, कल्पना ढकाल, पुर्वउपसभापति कपिल ज्ञवाली, पत्रकार छाया पन्थ, रिया केसी, कल्पना डुम्रे लगायतको उपस्थिति थियो ।

कार्यक्रम शान्ति समाजका सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, निवर्तमान सभापति खिम प्रसाद भट्टराई( कृष्ण )को स्वागत, पुर्व सभापति हरिश ढकालको धन्यवाद ज्ञापन तथा उपसभापति कृष्ण पाण्डेको संचालनमा सप्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij