विश्वभरबाट जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्धन अभियान

विश्वभरबाट जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्धन अभियान

तिलोत्तमा उत्कृष्ट ४० औं स्थानमा छनोट

बुटवल-कुनैन कुनै विषयमा  नमुना बन्दै आएको  रुपन्देहीको तिलोत्तमा नगरपालिका विश्वभरबाट जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्धन अभियानमा उत्कृष्ट ४० औ स्थानीय तहका रुपमा छनोट भएको छ ।

नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय र प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगितामा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको हो । इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआइडिपी) नामक अन्तर्राष्ट्रिय संस्थाले आयोजना गरेकोे अवार्डका लागि तिलोत्तमा पहिलो चरणमा उत्कृष्ट ४० मा छनोट भएको हो । अवार्डका लागि विश्व भरका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएका थिए ।

पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको नगरप्रमुख रामकृष्ण खांणले बताए ।

ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पांच वटा विषयमा आवेदन माग गरेकामा नेपालबाट केवल तिलोत्तमा नगरपालिकाले  सहभागिता जनाएको थियो।

तिलोत्तमा नेपालको मात्र नभई सार्क राष्ट्रकै एक मात्र स्थानीय सरकारका रुपमा यो अवार्डमा छनोट भएकाले अनलाइन भोटिङ खुला भएपछि तिलोत्तमालाई मत दिएर जिताई नेपाललाई अन्तर्राष्ट्रिय जगतमा थप चिनाउन नेपालभर र विश्वभर रहेका नेपालीलाई नगर प्रमुख खांणले अपील गरेका छन् ।

ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्ने जानकारी गराएको नगरपालिकाका रोजगार शाखाका अधिकृत शंकर पन्थीले बताए । अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको पन्थीले बताए । ओआइडिपीको वेबसाइटमै गएर मत दिन सकिने उनले बताए ।

छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्याङकनको आधारमा ५० अंक प्राप्त हुने छ । आगामी मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी सम्मेलनमा अवार्ड विजेता घोषणा गरिने ओआइडिपीको वेबसाइटमा उल्लेख छ ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्धन अभियान निरन्तर चलिरहेको छ । उक्त अभियानको १४० औं शृङ्खला सम्पन्न भएको छ भने आगामी चैत १ गते १४१ औं शृङ्खला आयोजना हुने छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij