JanataToday.com

Advertisment

SKIP THIS

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

भैरहवा, सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरु मध्येबाट उत्कृष्ट बनेको छ ।

नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो । संघको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ बाट सम्मान गरे ।

संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आर्थिक वर्ष २०८०–०८१ मा संघले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुशी लागेको सिद्धार्थनगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले बताए ।

संघले नगरपालिकाहरुको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मिहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरबासीलाई धन्यवाद व्यक्त गरे । ‘हामी जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौं’, उनले भने, ‘यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।’ आगामी दिनमा सवै सुचकांकहरुमा पालिकालाई सर्वोकृष्ट हुनेगरी काम गर्नुपर्ने उनले बताए ।

नगरपालिकाले मुलुकभरका नगरपालिकाहरुलाई पछि पार्दै ८५ प्रतिशत अंक प्राप्त गरेको नगरपालिका संघले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij