लुम्बिनी, बुद्व जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि लुम्बिनी शान्ति महोत्सव सुरू भएको छ । लुम्बिनीस्थित बुद्वमाया गार्डेन होटलमा एक कार्यक्रम गरी महोत्सवको शुभारम्भ गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेकोनेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्याहारक्याल लामा खेन्पो छिमे छिरिङ ले लुम्बिनी बुद्वको जन्मस्थलसँगै शान्ति र सदभावको पवित्रस्थल रहेको बताए ।
विश्वभरका डेढ अर्ब बौद्वमार्गीहरू जीवनमा एकपटक लुम्बिनी आउन चाहने बताउँदै उनले यसको प्रचार–प्रसारका लागि चीनको सहयोगको अपेक्षा गरे । उनले लुम्बिनीलाई लक्षित गरी निर्माण भएको गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न प्रदेशबाट उडानको व्यवस्था मिलाउन आग्रह गरे ।
त्यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पूर्वमन्त्री जीवनराम श्रेष्ठले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले शान्ति, सदभाव र एकतालाई बलियो बनाउने बताए । उनले चीनसँग नेपालको पुरानो सम्बन्ध भएको बताउँदै यसले भातृत्व र अन्तर्राष्ट्रिय सम्बन्ध दिगो बनाउन सहयोग गर्ने बताए । उनले आगामी शनिबार शान्ति म्याराथन प्रतियोगिता समेत राखिएको बताए ।
त्यस्तै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रोपटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरिएको बताए ।
लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच साँस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको दुतावासले जनाएको छ ।
महोत्सवमा शुक्रबार मायादेवी मन्दिर बाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागीतामा ध्यान सत्र सञ्चालन गरिनेछ । शनिबार चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ ।
महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर सहयोगी छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्