काठमाण्डौ – प्रतिपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको अर्को बैठक भोलि बिहीवार दिउँसो सवा १२ बजे बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी का सांसदहरूले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले भोलिसम्मका लागि बैठक स्थगित भएको सदनलाई जानकारी दिनुभयो ।
आज दिउँसो सवा १ बजे शुरू भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।
प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्