सडक दुर्घटनामा तिलोत्तमा नगरपालिका सदस्य रामकृष्ण पाठकको निधन

सडक दुर्घटनामा तिलोत्तमा नगरपालिका सदस्य रामकृष्ण पाठकको निधन

बुटवल , रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज रामकृष्ण पाठकको सडक दुर्घटनामा निधन भएको छ। बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज ९रामकृष्ण० पाठकको सडक दुर्घटनामा निधन भएको छ।

तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहमा दुर्घटनामा परेका थिए।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो ३.३३ बजे आफैंले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij