तराई र मधेश केन्द्रित सात दलले सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा

तराई र मधेश केन्द्रित सात दलले सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा

काठमाण्डौ – तराईरमधेश केन्द्रित सात दलले सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् । आज काठमाण्डौको बानेश्वरमा एक कार्यक्रम गरेर जनमत पार्टी, जनता समाजवादी पार्टी जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी ९नाउपा०, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा ले मोर्चा घोषणा गरेका हुन् ।

संविधान संशोधन तथा मधेशका मुद्दालाई प्रभावकारी ढङ्गले उठाउने उनीहरूको मुख्य प्रतिबद्धता रहेको छ । त्यस्तै मोर्चाले विगतमा नेपाल सरकार र आन्दोलनकारी शक्तिहरूबीच गरिएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताका साथै अन्य राजनीतिक दलरसङ्गठन र सरकारबीच भएरगरेका सहमति तत्काल कार्यान्वयन गराउने उद्देश्य राखेको छ ।

मोर्चाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, विभिन्न आन्दोलनमा पक्राउ गरी राज्यले मुद्दा लगाएका बन्दीहरूलाई रिहाइको मागसमेत गरेको छ । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, डा। सीके राउत, रेशम चौधरी, वृषेशचन्द्र लाल, हृदयेश त्रिपाठीलगायतका नेतासहितका पार्टी मोर्चामा रहेका छन् ।

सङ्घ र प्रदेशबीच स्रोत साधनको न्यायोचित वितरण, सङ्घीयताको मूल्य र मान्यता अनुरूप बाँडफाँटको नीति निर्माण गरी कार्यान्वयन गराउने, प्रहरी समायोजन ऐन २०७६ बमोजिम गर्ने र यथाशीघ्र सङ्घीय निजामती ऐन निर्माण गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्न मोर्चाले दबाव दिने जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij