बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले १ लाख राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार मूल्यांकनका लागि समिति गठन गरेको छ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको सचिवालय बैठकले अग्रज पत्रकार खिमानन्द भट्टराईको संयोजकत्वमा पत्रकारहरु विष्णुप्रसाद घिमिरे र लक्ष्मण पौडेल सदस्य रहेको समिति गठन गरेको हो ।
बुटवल उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा स्थापित पुरस्कार आगामी वैशाखमा वितरण गरिने अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। समितिले रुपन्देहीका पत्रकारमध्येबाट आवेदन आह्वान गरी उत्कृष्ट समाचार र फिचरलाई पुरस्कारका लागि छनोट गर्ने छ।
यस्तै, बुटवल उपमहानगरपालिकासँगकै सहकार्यमा स्थापित सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार२०८१ का लागि अग्रज पत्रकार भरत केसीको संयोजकत्वमा ५ सदस्यीय मूल्यांकन समिति गठन गरेको छ।
समितिको सदस्यमा पत्रकारहरु माया गौतम, रुद्रहरि कुँवर, भगवती पाण्डे र तेजेन्द्र केसी रहेका छन्।
५०–५० हजार राशी रहेको यो पुरस्कार एकजना महिला पत्रकार र एकजना खुला आवदेनबाट छनोट हुने पत्रकारले प्राप्त गर्ने सचिव सी।पी। खनालले जानकारी दिए।
समितिले रुपन्देहीका पत्रकारमध्येबाट आवेदन आह्वान गरी विकास पत्रकारितासँग सम्बन्धित उत्कृष्ट समाचार र फिचरलाई पुरस्कारका लागि छनोटगर्ने छ।
प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्