काठमाण्डौ – सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज पनि काठमाण्डौमा प्रदर्शन गरेका छन् । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, पीडितहरूको बचत अपचलन गर्नेहरूको सात पुस्ते सम्पत्ति जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र सङ्गठित अपराध गर्ने विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् ।
सहकारी र लघुवित्त पीडितहरूले हिजो पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्