दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रसाई काठमाडौँ ल्याइँदै बिर्तामोड, २९ चैतः फरार रहेका दुर्गा प्रसाईलाई शुक्रबार प्रहरीले झापाको काँकरभिटाबाट पक्राउ गरी चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरमा राखेर काठमाडौँ लगिँदै । तस्बिरः र

काठमाण्डाै – गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले प्रसाईंसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

चैत १५ गते तीनकुनेमा हिंसा भड्किएपछि फरार रहेका प्रसाईंलाई प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी बिहान झापाको भद्रपुर हुँदै जहाजबाट काठमाण्डाै ल्याइको हो ।

व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका हुन् ।

राजावादीहरूको प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको ज्यान गएको थियो । यस्तै दर्जनौं गाडीसहित र व्यक्तिगत तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

त्यही प्रदर्शनको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पनि अदालतले १५ दिन हिरासतमा राख्न चैत २६ गते म्याद थप गरेकाे थियो । मिश्र र जबरामामाथि राज्यविरद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij