शान्तिको मार्गलाई थप अगाडि बढाउन जरुरी : प्रधानमन्त्री ओली

शान्तिको मार्गलाई थप अगाडि बढाउन जरुरी : प्रधानमन्त्री ओली

 

लुम्बिनी, प्रधानमन्त्री केपि शर्मा ओलीले बिश्वमा शान्तिको महत्व थप बढेर गएको बताउनु भएको छ । बिश्वमा बढ्दै गएको अशान्ती र युद्धलाई शान्तिको मार्गबाट अगाडि बढाउनु पर्ने बताएका छन् । हतियार र युद्धले मानव अस्तित्वलाई संकटमा पार्ने बताउदै बुद्धका विचारलाई बिश्वभर फैलाउनु पर्ने बताए ।

लुम्बिनी बिकास कोष लगाएतका बिभिन्न संघ सस्थाको आयोजनामा लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सास्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिश्वका कतिपय घटनाका कारण बिश्व शान्तिका लागि चुनौती बढेको बताए ।

एसियाली बौद्ध सांस्कृतिको शंरक्षण र प्रबद्धनका लागि महोत्सवको आयोजना गरिएको कार्यक्रमले बिश्व शान्तिका लागि योगदान पु¥याउने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले बिश्व शान्तिका लागि बुद्धिजमको आबश्यकता बढेको बताउदै सबैले शान्ति र करुणालाई अंगिकार गर्नु पर्ने बताए । बिश्वमा युद्धको घटना बढेका छन्, खतरनाक हतियारको निर्माण बढेको छ, युद्ध र हतियारको प्रयोगले कोहि पनि अगाडि बढ्न सक्दैन्, प्रधानमन्त्री ओलीले भने–‘बिश्व भरीका सचेत नागरिकले बिश्व शान्तिको आबश्यकतालाई महशुस गर्दै शातिको मार्गका हिड्नु पर्ने बेला आएको छ ।’ बुद्ध र शान्तिका शिक्षाको महत्व बढेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले शान्ति, करुण, सहअस्तीत्व र पारस्कपरिक सम्बन्धको महत्व अझै बढेर गएको बताउनु हुदैं बुद्धका बिचारलाई सबैले अनुसरण गर्न जरुरी रहेको बताए । शान्ति र मानवताका विचारलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरकारले काम गरिरहेको बताउदै उनले शान्तिका पक्षका विचारलाई सबैले अंगिकार गर्न जरुरी बताए। बिश्वभर बुद्धका अनुयायी बढेको प्रधानमन्त्री ओलीको दावि छ ।

चौथो एसियाली बौद्ध सास्कृतिक महोत्सवमा ४० देशका प्रतिनिधिको सहभागिता रहेको छ । एसियाली बौद्ध सांस्कृतिको शंरक्षण र प्रबद्धनका लागि आयोजना गरिएको महोत्सवमा बिभिन्न एसियाली बौद्ध सांस्कृतिक कार्यक्रमको प्रस्तुती देखाईएको थियो ।

सो अबसरमा स्याब्रो नाँच, यल्मो, नेवारी, चाईनिज र बज्रयोगिनी नाँच प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij