नवलपरासी – नवलपरासी बर्दघाट–सुस्ता पूर्वकाे कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गएको छ ।
भित्रि सडकखण्डको जङ्गल क्षेत्रमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका कावासोती नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हिजो भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्