सकियो २ दिने तिलोत्तमा दलित ज्ञान उत्सव

सकियो २ दिने तिलोत्तमा दलित ज्ञान उत्सव

तिलोत्तमा , रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा सञ्चालित दुईदिने ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिबार सकिएको छ।

न्याय, समानता र अधिकारका लागि दोस्रो संस्करणका रुपमा ज्ञान उत्सव गरिएको हो। उत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले एक समारोहका विच समापन गरेका हुन्।

मन्त्री तिमिल्सेनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन जनप्रतिनिधिको भूमिका हुनुपर्ने बताए। उनले लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउने तयारीमा जुटेको समेत बताए। उनले तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर नमूना काम गरेको बताए।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई मानवताको सहर बनाउने अभियानअन्तर्गत ज्ञान उत्सव गरेर सफलतापूर्वक सम्पन्न गरिएको बताए।

यसअघि शनिबारको छलफलमा पूर्वमन्त्री मिन विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी संघीयतामा दलित सवाल र प्रतिनिधित्व विषयमा छलफल गरिएको थियो।

छलफलमा सहभागीहरुले दलित समुदायका लागि संघीयता हर्ष न विस्मातको अवस्थामा रहेको बताउँदै प्रतिनिधित्वको सवालमा केही सुधार भए पनि त्यो पर्याप्त नभएको बताए।

वहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीतसंगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव उत्साहका साथ सम्पन्न भएको वन तथा वातावरण समितिका संयोजक एव्म कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए।

उत्सवलाई दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याउने र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन आयोजना गरिएको कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए।

न्याय, समानता र अधिकार भन्ने नाराका साथ आयोजित ज्ञान उत्सवको उद्घाटन पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले गरेका थिए।

प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij