बुटवल – मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, बुटवल–१९ को आयोजनामा बुटवल उपमहानगरपालिकाका १७, १८ र १९ नम्बर वडाका विभिन्न टोल र स्थानहरूमा देखाइएको जनचेतनामूलक सडक नाटक ‘डर’ को आज समापन गरिएको छ।संस्थाले आफ्नो क्षेत्रभित्र फोहोरमैला सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सडक नाटक मञ्चन गर्दै आएकोमा आज बुटवल १८ को भवानी मा.वि. मा बृहत कार्यक्रमका बिच समापन गरिएको संस्थाका सचिव केसवराज पाण्डेले जानकारी दिनुभयो ।
१८ स्थानमा मञ्चन गरिएको यस नाटकमार्फत लागूपदार्थ दुरुपयोग, फोहोर व्यवस्थापन तथा सामाजिक सञ्जालको दुरुपयोगजस्ता समसामयिक विषयमा सन्देश दिइएको थियो। नाटक युनिक मुभिज बुटवल को प्रस्तुति हो भने यसको निर्देशन बाबुराम घिमिरेले गर्नुभएको हो।
कार्यक्रम मोतिपुर खानेपानी संस्थाका अध्यक्ष खोमराज ढकालको अध्यक्षता र बुटवल उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष गुरुप्रसाद पंगिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष गुरुप्रसाद पंगिनीले सडक नाटकजस्ता सिर्जनात्मक माध्यमबाट जनचेतना फैलाउने अभियान अत्यन्तै प्रभावकारी हुने बताउनुभयो । ‘डर’ नाटकले हाम्रो समुदायमा बढ्दो लागूपदार्थ दुरुपयोग, फोहोर व्यवस्थापनको चुनौती र सामाजिक सञ्जालको दुरुपयोगजस्ता गम्भीर विषय उठाएर सबैलाई सोच्न बाध्य बनाएको बताउनुभएको हो। उहाँले यस्ता अभियानले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छु बताउनुभयो।
कार्यक्रममा वडा नं. १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, संस्थाका पूर्वअध्यक्ष हरिहर श्रेष्ठ,खानेपानी तथा सरसफाई कार्यालयका प्राविधिक गेहेन्द्र बराल,भवानी माविका प्रअ, भरत अधिकारी,पश्चिम अमुवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअध्यक्ष झपेन्द्र अर्याल,मोतिपुर सेमलार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कृष्ण भुसाल,नहरपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष डिबि गुरुङ,संस्थाका सहसचिव दुर्गा चापागाईं लगायतले बोल्नुभएको थियो।संस्था सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरूमा निरन्तर सक्रिय रहँदै आएको जनाएको छ।
कार्यक्रम संस्थाका कोषाध्यक्ष कृष्ण नेपाली स्वागत एवम सचिव केसवराज पाण्डेको संचालनमा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा संस्थाका पदाधिकारी, सल्लाहकार,स्थानिय र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्