लुम्बिनीलाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं’

लुम्बिनीलाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं’

लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताउनुभएको छ । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभइ समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल एशोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०को को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगायतका निकायहरूको सहकार्यमा यात्राको आयोजना गरिएको थियो ।

प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तरगण्डकी महास्नान मेला, रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला–महोत्सवको आयोजना, होमस्टे प्रवद्र्धनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।

त्यस्तै, उहाँले बीआईटीएमको सन्दर्भमा भारत, चीन, श्रीलंका, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्ड्स लगायतका मुलुकबाट आएका ट्राभल एजेन्टहरू तथा बीबीसी, अलजजिरा, सीसीटीभी, एएफपी, रिउटर, नेशनल जियोग्राफिकजस्ता सञ्चारमाध्यमका प्रतिनिधिहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

‘लुम्बिनी प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो’ मुख्यमन्त्री आचार्यले भन्नुभयो’टुरिजमले रोजगारी सिर्जना, आर्थिक विकास र नेपालको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने हाम्रो दृढ विश्वास छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पुर्याउने र आन्तरिक तथा बाह्य पर्यटकको संख्या २२ लाख नाघ्ने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँले लुम्बिनीलाई आध्यात्मिक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संरचना र सेवा सुविधायुक्त बनाउँदै विश्व शान्तिको सन्देश फैलाउने दिशामा प्रदेश सरकार दृढताका साथ लागिपरेको उल्लेख गर्नुभयो ।

नेपालको बौद्ध धर्मसम्बन्धी तीर्थ पर्यटन प्रवद्र्धनका लागि केन्द्रित यो यात्रा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण मानिएको छ । यात्रामा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिहरूको सहभागीता छ ।

प्रदेश सरकारको नेतृत्वमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल भइरहेको छ । यस यात्राले नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्दै, विशेषतः लुम्बिनीलाई विश्वसामु अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij