लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

दाङ, लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्रा उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो ।ओ

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो ।

ञनेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने दायित्व र जिम्मेवारी तपाईं हाम्रो सबैको होझ उहाँले भन्नुभयोञगणतन्त्र र उपलब्धिका विरुद्ध केही तत्वहरू सल्बलाउन खोजेका पनि छन् । हामी गम्भीर र संवेदनशील भएर गणतन्त्रले दिएका उपलब्धिको रक्षाका लागि केन्द्रित हुन जरुरी छ ।

जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिनेछ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ ।

जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरबार्ता तथा सामाग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij