सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा

सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलबार आयोजित एक कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागि खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । उनले सिद्धार्थनगरले एकपछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख गर्नुभयो ।

नगर प्रमुख खाँले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेको बताउनुभयो ।स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सबैको मिहिनेत र सहयोगले सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गर्न सफल भएको बताउनुभयो । पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी सिद्धार्थनगरले पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा पालिकालाई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणाका दुईवटा छुट्टाछुट्टै प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र नगरप्रमुख खाँलाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा भिम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। शकुन्तला गुप्ता, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका मेडिकल सुपरिटेण्डेण्ट डा। सदन मुखी, सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, स्वास्थ्य शाखाकी गीता न्यौपाने पोखरेल, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij