वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा

वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा

काठमाण्डौ – वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत अप्रत्यासित रूपमा उनले सन्न्यासको घोषणा गरेका हुन् ।

२९ वर्षीय पुरनले वेस्ट इन्डिजबाट ६१ एकदिवसीय र एक सय छ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । वेस्ट इन्डिजबाट निकोलस सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने खलाडी हुन् । उनले टी–२० मा दुई हजार दुई सय ७५ रन बनाएका छन् ।

यस्तै ६१ एकदिवसीय खेलमा एक हजार नौ सय ८३ रन बनाएका छन् । निकोलसले टी–२० अन्तर्राष्ट्रियमा सन् २०१६ मा पाकिस्तानविरुद्ध तथा एकदिवसीयमा सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए । पुरन अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बढी ब्यस्त हुँदा राष्ट्रिय टोलीमा विश्वकप वा छनोटका खेलहरु बढी खेल्दै आएका थिए ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij