रेमिट्यान्स

विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब पुग्यो,१० महिनामा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब पुग्यो,१० महिनामा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८१र८२ को १० महिनामा १३ खर्ब ५६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार १० महिना अर्थात् साउनदेखि वैशाखसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १६ दशमलव ९ प्रतिशतले बढी हो ।

यस्तै १० महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख पाँच हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८० हजार तीन सय १४ छ । अघिल्लो वर्षको यही अवधिमा तीन लाख ७३ हजार तीन सय सात जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ३६ हजार तीन सय ९८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यस्तै विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब बराबर रहेको विदेशी मुद्रा सञ्चिति २३ दशमलव १ प्रतिशतले बढेर वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो ।

यस्तै १० महिनासम्म चालू खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको १० महिनामा कुल वस्तु निर्यात ७२ दशमलव ७ प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यस्तै १० महिनामा कुल वस्तु आयात १३ दशमलव १ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव ७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij