रातीदेखि अबरुद्ध बुटवल-पाल्पा सडक खुल्यो

रातीदेखि अबरुद्ध बुटवल-पाल्पा सडक खुल्यो

बुटवल । वर्षासँगै सडकमा पहिरो झरेपछि अबरुद्ध बनेको बुटवल-पाल्पा सडक विहानदेखि खुलेको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार विहिबार साँझ साढे १० बजेदेखि अवरुद्ध सडक आज विहान ७ बजेदेखि खुलेको हो

सिद्धार्थ राजमार्ग अन्तरगत माथिल्लो सिद्धबाबादेखि तिनाउको दोभानसम्म विभिन्न ठाउँमा सडकमा ढुङ्गा तथा पहिरो झरेर अवरुद्ध बनेको सडक विहानदेखि सूचारु भएको हो । रातीदेखि बोटोमा अलपत्र सवारीका साधनहरु गन्तव्यमा जानलग्दा अहिले ठूलो जाम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सवारीको चाम तथा सडक जोखिमयुक्त भएकाले सजग भएर यात्रा गर्न सुझाव दिएको छ

प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij