JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण

तिलोत्तमा,  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाउ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई वितरण गरिएको हो ।

व्यवसायिक कृषि गर्दै आएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषकलाई आवेदनको आधारमा कृषि औजार वितरण गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरपालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठ सफाई गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो । उहाँले आगामी बजेटमा समेत कृषक तथा पशुपालकका लागि उपयोगी कार्यक्रमहरु लिएर आउने समेत बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई थप प्रोत्साहित गर्ने हुँदा नगरपालिकाले यस्ता कार्यक्रमलाई विशेष जोड दिएको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ५ का सदस्य हिरा गिरी डायमण्ड, पशु शाखाका प्रमुख राजु कुँवर मगर, पशु चिकित्सक ईन्द्रकला खत्री लगायत सबै वडाका पशुपालक कृषकहरुको उपस्थिति थियाे ।

प्रकाशित मिति : आइतबार, असार ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij