काठमाडौँ — यम थापाको निर्देशनमा बन्न लागेको चलचित्र लालीबजार को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत अभिनेत्री स्वस्तिमा खड्काको चरित्र चिनाउने पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिसमेत सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा अभिनेत्री स्वस्तिमा गर्भधारणको अवस्थामा देखिन्छिन् । चम्किलो पहिरनमा देखिएकी उनको अनुहार शृंगारले धपक्कै बलेको छ । यो फिल्म फागुन १ देखि प्रदर्शनमा आउने निर्देशक थापाले जनाए । मेरी मामूुको निर्देशनपश्चात् करिब ५ वर्षपछि निर्देशक थापा यही फिल्ममार्फत निर्देशनमा फर्कँदैछन् । फिल्मको छायांकन बर्दियामा दसैंपछि गरिने जनाइएको छ ।
निर्देशक थापाका अनुसार पटकथा तयार भएसँगै निर्माण टोली कास्टिङुका लागि जुटिसकेको छ । सामाजिक विषयवस्तुमा आधारित यो फिल्ममा अहिलेसम्म अभिनेत्री स्वस्तिमा मात्रै तय भएकी छन् । बाँकी कलाकारबारे विस्तारै जानकारी दिँदै जाने निर्देशक थापाले बताए । यसअघि थापाद्वारा लिखितअञ्जिलाु प्रदर्शनमा आयो । उनले केही समयअगाडि मात्रै परानु भन्ने फिल्म लेखेका थिए ।
यसअघि राज्जा रानीु निर्देशन गरेका थापाले कान्छीु, ह्याप्पी डेजुलेखेका थिए ।
प्रकाशित मिति : मंगलबार, असार १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्