गायिका एलिनालाई अभद्र कमेन्ट गरेका गुन्जन राईमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

गायिका एलिनालाई अभद्र कमेन्ट गरेका गुन्जन राईमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेको आरोपमा पक्राउ परेका गुन्जन राईको म्याद थप भएको छ।

बिहीबार काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको हो।

चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय राईलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो।

उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

उनले सामाजिक सञ्जालमा गायिका चौहानमाथि अभद्र कमेन्ट गरेको आरोप छ।

प्रहरीले उनीबाट एउटा मोबाइल बरामद गरेको छ।

उनी कविता पनि लेख्ने गर्छन्। उनले कला प्रतिष्‍ठानमा काम गर्ने प्रहरीले जनाएको छ।

गत सोमबार गायिका एलिना चौहानले उनीसहित चार जनाविरूद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : शुक्रबार, असार २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij