बुटवलका तीन वडामा सामूहिक सरसफाइ :नगर प्रमुख पाण्डेले भने – “सफा बुटवल समृद्ध बुटवल”

बुटवलका तीन वडामा सामूहिक सरसफाइ :नगर प्रमुख पाण्डेले भने – “सफा बुटवल समृद्ध बुटवल”

photo

बुटवल-सफा र स्वस्थ नगर निर्माणतर्फको प्रयासस्वरूप मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अगुवाइमा बुटवल उपमहानगरपालिका–१७, १८ र १९ का ३५ वटा टोलहरूमा एकैपटक सामूहिक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 6 people and street

साउन १७ गते शनिबार बिहानैदेखि सुरु भएको यो कार्यक्रमलाई स्थानीय बासिन्दाहरू, टोल विकास संस्था, सामाजिक अभियन्ता तथा जनप्रतिनिधिहरूले ऐक्यबद्धतासाथ सहयोग पुर्‍याएका थिए।

May be an image of text that says '"वातावरण सफा राखौं, स्वस्थ बनो" सामूहिक सरसफाई अभियान -શ0 मिति: २०5२ श्रावण 9 गते, शनिबार स्थान: बुटवल उपमहानगरपालिका वडा नं. १७, १5२१९, मोतिपुर ಕಬ್ಮೇನು उप्तोका तशषा परंब्र 地本社 भहुधेडी आयोजक: मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवल उपमहानगरपालिका-१९, भुईकैयाँ, रुपन्देही'
बाताबरण सफा राखौं स्वस्थ बनौ भन्ने नाराका साथमा सुरु अभियानमा कार्यक्रमको प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सरसफाइ अभियानप्रति उच्च प्रशंसा व्यक्त गर्दै यसले नगरलाई मात्र होइन, नागरिकको सोच र व्यवहारमा पनि परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सरसफाइ नगरको गरिमा हो। यस्ता अभियानले नागरिकको सहभागिता अभिवृद्धि गर्छ र सफा बुटवल, समृद्ध बुटवल बनाउने हाम्रो लक्ष्यमा पुग्न सहयोगी हुन्छ।”

May be an image of 1 person, dais and text

कार्यक्रममा वडा नं. १७ , १८ र १९ का वडाध्यक्ष लगायत टोल विकास संस्था अध्यक्षहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता थियो।

May be an image of 12 people and text
कार्यक्रमको अध्यक्षता मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खोमराज ढकालले गर्नुभएको थियो। अध्यक्ष ढकालले समुदायलाई स्वच्छता र सरसफाइमा निरन्तर लागिरहन आग्रह गर्दै यस्तो कार्यक्रम हरेक महिनामा सञ्चालन गर्ने गरि क्यालेन्डर बनाएर नै एस किसिमको सरसफाइ अभियान भइरहेको जानकारी दिनुभयो। “स्वस्थ जीवनका लागि सफा वातावरण अपरिहार्य छ। हामी यो अभियानलाई दीगो बनाउने छौं,” उहाँले भन्नुभयो।

May be an image of 7 people

कार्यक्रम सञ्चालनकर्ता केसव राज पाण्डेले कार्यक्रमको उद्देश्य, तयारी र समन्वयका पक्षमा प्रकाश पार्दै स्थानीय नेतृत्व र जनसहभागिताले नै कार्यक्रम सफल भएको बताउनुभयो।

May be an image of 11 people and text
तीनै वडाका विभिन्न ३५ टोलहरूमा एकैपटक सरसफाइ गरिनु स्थानीय तहमा राम्रो सन्देश प्रवाह गरेको सस्थाका सल्लाहकार हरिहर श्रेष्ठले जानकारी दिनुभयो।

May be an image of 11 people and text that says 'सामृहिक स्वान: बुखवद + मोतिफुर Mlo'
कार्यक्रमका क्रममा नाली सफा गर्ने, प्लास्टिक तथा फोहर संकलन गर्ने, सार्वजनिक स्थानमा रहेका फ़ोहोर व्यवस्थापन गर्ने काम सम्पन्न भएका छन् ।

May be an image of 7 people

अभियानमा बुटवल १७ का अध्यक्ष ज्ञान बहादुर भन्नुभयो, “फोहर व्यवस्थापन केवल नगरपालिकाको काम होइन, यो हरेक नागरिकको कर्तव्य हो। यस्तो अभियानले त्यो चेतना फैलाएको छ।”

May be an image of 6 people, road and grass
त्यस्तै बुटवल १८ का अध्यक्ष गुरु पङ्गेनिले स्वास्थ लाई प्रमुखताका साथ राखेर सुन्दर र हराबरा बनाउनको लागि वडा लागेको बताउनुभयो ।
बुटवल १९ का अध्यक्ष चन्द्र सिह थापाले अहिले संकलन भएको फ़ोहोर ब्यबस्थापन गर्न नगर प्रमुख ले ट्रयाकटर ब्यबस्थापन गर्ने भएपछी यहाँका वडामा प्रत्येक दिन सरसफाइमा जोडीन सहयोग पुग्ने बताउनुभयो ।

May be an image of 9 people, scooter, motorcycle and text
मोतीपुर क्षेत्रका स्थानीयबासी बाबुराम घिमिरे ले एस अभियान ले सुन्दर बुटवल र हरियाली बुटवल बनाउन सहयोग पुग्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीलाई आफैं सहभागी हुनुपर्छ भन्ने सोच आएको छ। हाम्रो टोल झन् सफा देखिएको छ।”
संस्थाले आगामी महिनाहरूमा थप यस्तै किसिमका सरसफाइ अभियानहरू विस्तार गर्ने योजना बनाएको छ। दीर्घकालीन सरसफाइ अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।

May be an image of 18 people and tree

May be an image of 9 people, car, motorcycle, temple, road and text

May be an image of 9 people

 

प्रकाशित मिति : शनिबार, साउन १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij