चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । गएको जुलाईदेखि चीनको गुवाङदोङ प्रान्तमा लामखुट्टेबाट सर्ने भाइरसबाट सात हजार जनाभन्दा धेरै सङ्क्रमित भएका हुन् ।
चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा गरिएका जस्तै उपायहरू अपनाएको बीबीसीले जनाएको छ ।
सबैभन्दा धेरै प्रभावित फोशान शहरमा चिकनगुनियाका बिरामीहरूलाई अस्पतालमा लामखुट्टेको टोखाइबाट बचाउन झुलको प्रयोग गरिएको छ । अस्पतालमा भर्ना भएकाहरूलाई परीक्षण रिपोर्ट नेगेटिभ आएपछि वा एक हप्ता लामो बसाइँपछि डिस्चार्ज गर्ने गरिएको छ ।
सङ्क्रमित लामखुट्टेको टोकाइबाट फैलिने यो भाइरसले ज्वरो र गम्भीर जोर्नी दुखाइ निम्त्याउने गरेको र यो कहिलेकाहीँ वर्षौंसम्म रहन सक्ने खबरमा उल्लेख छ ।
चीनमा दुर्लभ भए पनि दक्षिण र दक्षिण पूर्वी एशिया तथा अफ्रिकाका केही भागहरूमा चिकनगुनियाको प्रकोप सामान्य छ ।
फोशानबाहेक दक्षिणी गुवाङदोङ प्रान्तका कम्तीमा १२ अन्य शहरहरूमा यो भाइरसको सङ्क्रमण देखिएको छ ।
यसैबीच हङकङमा हिजो एक जनामा चिकनगुनिया सङ्क्रमण देखिएको अधिकारीहरूले बताएका छन् । गएको जुलाईमा पोशान पुगेका बालकमा सङ्क्रमण देखिएको हो ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्