बाढीले बगायो मसोट खोलाको डाइभर्सन, लमही–घोराही सडकखण्ड पुन :अवरुद्ध

बाढीले बगायो मसोट खोलाको डाइभर्सन, लमही–घोराही सडकखण्ड पुन :अवरुद्ध

लमही । दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएको छ । शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएको हो ।

डाइभर्सनको आधा भाग बाढीले बगाएपछि लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनस् अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए ।

घोराही लमही आउ–जाउ गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । साथै डाइभर्सन मर्मतको काम भइरहेको छ ।

यसअघि आकस्मिक रूपमा मसोट खोलाको पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो । पुलबाट ठूला गाडीहरुको आउजाउ बन्द गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन सन्चालनका लागि भन्दै डाइभर्सन बनाएर विहीबार दिउँसोदेखि सन्चालनमा ल्याइएको थियो । सोही डाइभर्सन शुक्रबार बिहान बाढीले बगाएको हो ।

मसोट खोला पुलबाट विरामी बोकेको एम्बुलेन्स, इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खाली सवारीसाधन मात्रै पुलबाट आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij