पाल्पा – तानसेनमा आज ऐतिहासिक भगवती रथयात्रा हुँदैछ । बुटवलको जितगढी युद्धमा तत्कालीन इष्ट इण्डिया कम्पनीको अंग्रेज फौजलाई हराएको सम्झनामा आज २०६ औ विजयोत्सव तथा भगवती रथयात्रा हुन लागेको हो ।
१८७१ र ७२ सालमा भएको युद्धमा तत्कालीन कर्णेल उजिर सिंह थापाको फौजले दुवै पटक अंग्रेज फौजलाई पराजित गरेको थियो । लडाईंमा जानुअघि तत्कालीन कर्णेल थापाले भगवती मातासँग युद्ध जित्ने भाकल गरेको र जितेपछि सिन्दुरजात्रा गर्ने भाकल अनुसार हरेक वर्ष भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव सहितको भगवती रथजात्रा मनाउन थालिएको उल्लेख छ ।
विजयोत्सवको भगवती रथलाई दिउँसो साढे १२ बजेको शुभ साइतमा उठाइने र दिनभरी तानसेन बजार घुमाएर बेलुका मन्दिर भित्र विसर्जन गर्ने कार्यक्रम रहेको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले आज पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्