इजरायल र हमास गाजामा युद्धविराम गर्न सहमत

इजरायल र हमास गाजामा युद्धविराम गर्न सहमत

इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ। अलजजिराका अनुसार दुबै पक्षबीच युद्धविरामको पहिलो चरणमा सहमति जुटेको हो।

युद्धविराम वार्ताको मुख्य मध्यस्थकर्ता कतारले पनि यो सहमति पुष्टि गर्दै सम्झौताका सबै प्रावधान र कार्यान्वयन संयन्त्रमा सहमति भएको जनाएको छ।

झन्डै दुई हप्ताअघि, सेप्टेम्बर २९ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनस्थित ह्वाइटहाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि आफ्नो २०–बुँदे योजना सार्वजनिक गरेका थिए। यही योजनाले वार्तामा ठोस प्रगति गर्न सहायक भूमिका खेलेको बताइएको छ।

इजरायली सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत युद्धविराम सम्झौताको स्वागत गर्दै, सम्भावित परिस्थितिका लागि सेना तयारी अवस्थामा रहन आदेश दिएको छ। साथै, बन्धक उद्धार अभियान संवेदनशील र व्यावसायिक ढङ्गले सञ्चालन गर्ने तयारी भइरहेको पनि जनाएको छ।

हमासले पनि सहमतिको मापदण्डअनुसार प्यालेस्टेनी कैदीहरूको सूची इजरायललाई बुझाएको र अन्तिम सहमतिको प्रतिक्षा भइरहेको जनाएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो युद्धविराम सम्झौताप्रति स्वागत व्यक्त गर्दै यसलाई मध्यपूर्वमा दीर्घकालीन शान्तितर्फको “ऐतिहासिक अवसर”का रूपमा व्याख्या गरेका छन्।

प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij