काठमाण्डौ – प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको झन्डै दुई वर्षअघिको भिडियो सार्वजनिक भएको छ । हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको भिडियो इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले पहिलोपटक सार्वजनिक गरेको हो ।
इजरायलको रक्षा बलले बरामद गरी विपीनको परिवारलाई उपलब्ध गराएको भिडिओ अपहरणमा परेको एक महिनापछि खिचिएको विश्वास गरिएको छ । हिजो बेलुकी सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपीनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताउनुभएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्