फूलसँगै भविष्य फुलाउँदै : सयपत्री खेतीमा युवाको नयाँ यात्रा(फोटो फिचर)

फूलसँगै भविष्य फुलाउँदै : सयपत्री खेतीमा युवाको नयाँ यात्रा(फोटो फिचर)

बुटवल — बुटवल उपमहानगरपालिका–१५ ढवाहका युवा कृषक राजेश कुँवर र उनका पाँच जना साथीहरूले सयपत्री फूल खेती गर्दै तिहारका लागि तयारी तीव्र पारेका छन्। कृषिमा एमएस्सी गरेका कुँवरले १० कठ्ठा क्षेत्रमा सयपत्री र मखमली फूल लगाएका छन्।

कृषि क्षेत्रमा अध्यापन र अभ्यास दुबै गर्ने यी युवा टोलीले “फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च प्रा।लि।” स्थापनासँगै कृषि पेशामा नयाँ दृष्टिकोण ल्याएका छन्। कम्पनीमा राजेश कुँवरसहित किरण तिमिल्सेना, सरोज भट्टराई, विवेक ज्ञवाली, सञ्जय आचार्य र विशाल पन्थी आवद्ध छन्। सबैजना कृषिमा उच्च अध्ययन गरेका छन् र धेरैजना कृषि शिक्षालयहरूमा अध्यापनसमेत गर्छन्।

May be an image of flower

फार्मका संचालक राजेश कुँवर भन्छन्, “हामीले पढाएको कुरा व्यवहारमा उतार्न खोजेका हौं। प्रयोगात्मक अध्ययन र अनुसन्धान दुबै हाम्रो प्राथमिकता हो।”

ढवाहस्थित फार्म ३० कठ्ठा जग्गामा फैलिएको छ, जसको व्यवस्थापन विशाल पन्थीले गरिरहेका छन्। फार्ममा फलफूल, तरकारी, ड्रागन फ्रुट र पुष्प खेती एकसाथ सञ्चालनमा छन्। ड्रागन फ्रुट, कागती  तरबुजा बोटहरूबीचको खाली जग्गा सदुपयोग गर्दै उनीहरूले सयपत्री र मखमली फूल खेती गरेका हुन्।

May be an image of flower

कुँवरका अनुसार तिहारका लागि मात्रै करिब १० हजारभन्दा बढी माला उत्पादन गर्ने लक्ष्य राखिएको छ। मङ्सिरसम्म फूल फुलेपछि त्यसपछि लहरे तरकारी र तरबुजा खेती गरिन्छ। यसरी एउटै जमिनबाट वर्षभर तीन सिजनसम्म उत्पादन लिने योजना फार्मको छ।

May be an image of flower

त्यस्तै, यो फार्म अहिले कृषि विद्यार्थीहरूको प्रशिक्षण केन्द्र समेत बनेको छ। विभिन्न कलेजका विद्यार्थीहरू यहाँ ओजेटी गर्न आउने गर्छन्। स्थानीय किसानहरू पनि यहाँ आएर माटो परीक्षण, कौसी खेती र पुष्प खेतीको परामर्श लिन्छन्। बेला–बेलामा निःशुल्क तालिम सञ्चालन गरिँदा स्थानीय स्तरमा आधुनिक कृषि प्रविधिको ज्ञान विस्तार भइरहेको अर्का संचालक सरोज भट्राइले बताए ।

May be an image of flower

बजारका लागि उनीहरूले बुटवल र आसपासका सहरका फूल व्यवसायीहरूसँग समन्वय गरेका छन्। कुँवर भन्छन्, “हामीले उत्पादनसँगै बजारको योजना पनि बनाएका छौं, ठुलो मात्रामा उत्पादन हुँदा बजार अभाव नहोस् भन्ने तयारी गरेका छौं।”

May be an image of flower

May be an image of flower

May be an image of flower

May be an image of flower

 

 

 

प्रकाशित मिति : शुक्रबार, असोज ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij