कपिलवस्तु, मायादेबी गाउँपालिका १ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिका मान्सा ओझाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको छ । अमित कुमार ओझाको २ वर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजेदेखि हराएकी थिइन् ।
बालिकाको शव घरदेखि करिब ३ किलोमिटर दक्षिणमा, मायादेबी गाउँपालिका १ र सुद्धोधन गाउँपालिका ६ को सिमामा पर्ने मर्थी खोलामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनास्थलको जानकारी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्