नेपालका यात्रु बोकेको यात्रुवाहक बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किँदा आगलागी

नेपालका यात्रु बोकेको यात्रुवाहक बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किँदा आगलागी

अधिकांश नेपाली रहेको जानकारी

काठमाडौँ, भारतको उत्तरप्रदेशस्थित बलरामपुर जिल्लामा नेपाली सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ ।

आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ भने २४ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।

यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् ।

बस करिब १०० मिटरसम्म घिस्रिँदै गएर हाइटेन्सन लाइनको बिजुलीको खम्बासँग ठोक्किएको थियो । खम्बा भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र आगो लागेको भारतीय मिडियाहरूले जनाएका छन् ।

सो बस नेपाल–भारत सिमाना नजिकको सुनौलीबाट दिल्ली तर्फ जाँदै थियो । बसमा ४५ यात्रु सवार थिए भने तीमध्ये अधिकांश नेपाली रहेको दैनिक भाष्करले जनाएको छ

प्रकाशित मिति : मंगलबार, मंसिर १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij