भारतको गोवामा रहेको एक नाइटक्लबमा हिजो राती भएको आगलागीमा ज्यान जानेको संख्या २५ रहेको छ ।
प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा चारजना नेपाली रहेका छन्। त्यस मध्ये ज्यान गुमाउनेमा धेरैजसो क्लबका कर्मचारी रहेका छन् । अरू केही पर्यटक पनि छन् । उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा आगलागी भएको हो ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजना नाइटक्लबको भान्छाका कर्मचारी रहेका बताउनुभएको छ । आगलागीपछि स्थानिय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्