तिलोत्तमा , रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि मङ्सिर२१ गतेदेखि सञ्चालन भएको २४ दिने ९९६ घण्टे० मिगतथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुहुँदै, अहिलेको यो आधुनिक प्रविधिमा आधारित सिप आजको निर्माण क्षेत्रमा अत्यन्तै आवश्यक भएको बताउँदै, यस्तो सीपले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न ठूलो सहयोग पु¥याउने कुरा उल्लेख गर्नुभयो । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको र यस कार्यक्रमले केवल रोजगारीको अवसर मात्र नभई नेपालको स्वदेशी प्रविधिमा आधारित दिगो विकासको आधार निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल टेक्निकल इन्स्टिच्युटका निमित्त कार्यकारी निर्देशक मानकाजी कुमालको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँले तालिमको सिकाई स्तर प्रभावकारी बनाउन विटीआइको अधिकतम योगदान रहेको जनाउँदै अहिेलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
प्रशिक्षकको रूपमा रहनुभएका देवीप्रसाद भट्टराईले बोल्नुहुँदै तालिमको उद्देश्य केवल सीप प्रदान गर्नु मात्र नभई ,सोच ,दृष्टिकोण र व्यवहारमा समेत परिवर्तन ल्याउनु रहेको स्पष्ट पार्दै सिकेको ज्ञानलाई निरन्तर अभ्यास मार्फत दक्षता र आत्मनिर्भरता हासिल गर्न प्रेरित गर्नुभयो ।
प्रशिक्षार्थीको रूपमा आफ्नो भनाइ राख्नुहुँदै एक्सिस इन्जिनियरिङ बाट कमल भण्डारीले तालिमको प्रत्येक सेसन जानकारीमूलक र प्रेरणादायी रहेको भन्दै सिकाई वातावरण सहज, सहयोगी र उत्साहजनक भएको अनुभव सुनाउनुभयो । साथै अब यस सीपलाई केवल ज्ञानका रुपमा नभई रोजगारी तथा स्वरोजगारको सम्भावनामा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्दैआधारभूत तालिमले प्रारम्भिक ज्ञान प्रदान गरेपनि व्यवसायिक क्षेत्रमा प्रतिस्पर्धी बन्न एडभान्स लेभलका विषयवस्तु सिक्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा १२उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालनबुटवल टेक्निकल इन्स्टिच्युटकीनिमित्त प्रशासकीय अधिकृत सम्झना सुवेदीले गर्नुभएकोथियो । तालिमको मुख्य उद्देश्य सहभागीलाई सुरक्षित, गुणस्तरीय र उद्योगमैत्री वेल्डिङ सीपमा दक्ष बनाउनु रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्