नेपालगन्ज, लुम्बिनी वाङ्मय प्रतिष्ठान बांँकेबर्दिया, लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल र नेपाल नाट्य प्रतिष्ठान, लुम्बिनी प्रदेशद्वारा संयुक्त रूपमा आयोजना गरिएको नाटककार बालकृष्ण समको १२३औँ जन्मजयन्ती समारोहमा बाँके र बर्दियामा रहेर नाटक तथा रङ्गमञ्चका क्षेत्रमा योगदान पुर्याउनुभएकामा नौ जना नाट्य तथा रङ्गगकर्मीहरूलाई नाट्यप्रतिभा सम्मान प्रदान गरिएको छ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेका अध्यक्ष भरतबहादुर रानाभाटको अध्यक्षता तथा डा। हरिप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा नाट्य तथा रङ्गकर्मी क्षेत्रका सर्जक सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रा।डा। कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल,। लुम्बिनी वाङ्ममय प्रतिष्ठानका अध्यक्ष तथा नाट्य प्रतिष्ठान लुप्रका सल्लाहकार ऋषि आजाद एवम् नाट्य प्रतिष्ठान नेपाल, लुम्बिनीका अध्यक्ष डा।नारायणप्रसाद पन्थलगायतले कार्यक्रमको उदघाटन गर्नुहुँदै नाटककार बालकृष्ण समको तस्वीरमा माल्यार्पणपछि स्रष्टासम्मान, रचनावाचन तथा बिचारगोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा डा। नारायणप्रसाद पन्थले नेपाली नाट्य साहित्यमा बालकृष्ण समको योगदान विषयक प्रस्तुत कार्यपत्र कार्यपत्रमाथि नरेन्द्र जङ पिटर र इश्वरी रिजाल उल्कापात तथा प्रा। डा। कृष्णप्रसाद घिमिरेले टिप्पणी गर्नुभयो।
कार्यक्रममा बाँकेका अभिनयकला क्षेत्रका स्रष्टाहरू सुन्दर गुरुङ, वीरेन्द्र यादब, जाहिरुल हक जिनु, अनिताकुमारी लामिछाने, कृष्णबहादुर शाही र पुर्णचन्द्र उपाध्याय र तथा बर्दियाका सुशील चौधरी, खगेन्द्र नेपाल र बिष्णु थापा सरगमलाई सम्मान गरियो ।
उक्त कार्यक्रममा बहुमुखी प्रतिभा तथा थारू भाषासाहित्यका अग्रणी व्यक्तित्व सुशील चौधरी, ुबाु नाटक प्रस्तुत गर्ने केशव शर्मा र नेत्र बिष्ट, हेमराज भुसाल तथा नारायण योगीलगायतबाट लघुनाटक प्रस्तुत भए ।
कार्यक्रममा नाट्य प्रतिष्ठान बाँकेबर्दिया कार्यसमिति गठन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । लुम्बिनी प्रदेशका प्रकाशित वा अप्रकाशित नाटक तथा रङ्गमञ्चका क्षेत्रमा भएका कामलाई प्रकाशन गर्ने र्निर्णय भएअनुसार उक्त नाट्य कृति वा पाण्डुलिपि नाट्य प्रतिष्ठानलाई समर्पण गर्नुहुन प्रतिष्ठानले अनुरोधसमेत गरेको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान तथा नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशले प्रतेक वर्ष नाट्य दिवस मनाउने गरी माघ २४ गते नेपालगन्जबाट नाट्य दिवस घोषणा गरेको छ ।
कार्यक्रममा सम्मानित ब्यक्तिहरूको तर्फबाट सुशील चौधरीले आफ्नो भनाइ राख्नुभयो साथै बर्दियाका अध्यक्ष शेखर दहितको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको
संचालन तथा सहजीकरण सचिव करिस्मा योगीबाट भएको थियो ।
कार्यक्रममा २० बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
प्रकाशित मिति : सोमबार, माघ २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्