काठमाण्डौ — आज देशका पहाडी तथा हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भएको छ ।
यतिबेला काठमाण्डौ उपत्यका सहित देशका केही पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो पनि हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने अनुमान छ ।
रातको समयमा हिमाली भूभागमा सामान्य तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही ठाउँमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
अहिले देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्