रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाण्डौ — काठमाण्डौ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ । शर्मालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।

शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो । अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय, पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्यलाई मुख्य आधार मानिएको छ ।

प्रमाणको अभावमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरिसकेको अवस्थामा प्रतिवादीलाई थुनामा राख्न आवश्यक नभएको अदालतको ठहर छ ।

प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij