इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी अन्त्य नहुने ट्रम्पको चेतावनी

इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी अन्त्य नहुने ट्रम्पको चेतावनी

President Donald Trump speaks during the 56th annual meeting of the World Economic Forum, WEF, in Davos, Switzerland, Wednesday, Jan. 21, 2026. (Gian Ehrenzeller/Keystone via AP)

काठमाण्डौ , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी अन्त्य नहुने बताउनुभएको छ ।

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि हुने भनिएको दोस्रो चरणको वार्ताबारे अन्योल यथावत् रहँदा ट्रम्पको पछिल्लो टिप्पणी आएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा पहिलो चरणको वार्ता निष्कर्षविहीन भएलगत्तै शुरु भएको नाकाबन्दीले इरानलाई पूर्ण रूपमा क्षति गरेको उल्लेख गर्नुभएको छ ।

साथै आफ्नो देशले युद्धमा धेरै जीत हासिल गरेको उहाँको दाबी छ । अमेरिका र इरानबीच १० दिने युद्धविराम सकिनुअघि ट्रम्पको टिप्पणी आएको हो । पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको शान्ति वार्ता अहिलेसम्म अनिश्चित छ । पाकिस्तानले सम्भावित वार्ताको तयारी गरेको छ । तर अमेरिकी तथा इरानी प्रतिनिधिमण्डल सहभागी हुनेरनहुने अन्योल यथावत् रहेको बीबीसीले जनाएको छ ।

विश्वकै अति महत्त्वपूर्ण जलमार्गमध्येको होर्मुज स्ट्रेटमा इरानले झण्डै दुई महिनादेखि आफ्नै नाकाबन्दी कायम राखेको छ । इरानी नाकाबन्दीका कारण ऊर्जाको मूल्य विश्वभरि नै बढेको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij