बुटवलमा उच्च अदालतको अतिक्रमित जग्गामा पनि चल्यो डोजर

बुटवलमा उच्च अदालतको अतिक्रमित जग्गामा पनि चल्यो डोजर

बुटवल -बुटवल उपमहानगरपालिका–४ स्थित दरबार मार्ग क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू हटाउन आइतबार डोजर प्रयोग गरिएको छ। व्यवसायीहरूले सामान सारिरहेको अवस्थामै नगरपालिकाले नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा संरचना भत्काएको हो।

उच्च अदालत तुलसीपुर (बुटवल इजलास) को अनुरोधमा अदालतकै नाममा रहेको जग्गा खाली गराउन डोजर चलाइएको उपमहानगरपालिकाले जनाएको छ। जेसिज चोकबाट उत्तरतर्फ दरबार मार्गस्थित सडकको पश्चिमपट्टि पर्ने साबिक कित्ता नम्बर ३९६ अन्तर्गत करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा रहेका ९ वटा अनधिकृत संरचना हटाइएको हो।

उक्त क्षेत्र जेसिज चोकदेखि उत्तर, खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको छ। सरकारी अभिलेखअनुसार उक्त जग्गा तत्कालीन अञ्चलाधीशको नाममा रहेकोमा २०४८ पुस ४ गतेको सरकारको निर्णयबाट तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) लाई हस्तान्तरण गरिएको थियो।

अदालतले यसअघि २०७० असोज १० गते र २०७१ वैशाख २३ गते अतिक्रमण हटाउन सूचना जारी गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। पछिल्लोपटक मुख्य न्यायाधीशको पहलपछि जग्गा संरक्षणका लागि प्रक्रिया अघि बढाइएको जनाइएको छ।

हाल अतिक्रमित क्षेत्रभित्र १५ जनाभन्दा बढी व्यक्तिले घरटहरा निर्माण गरी व्यापार सञ्चालन गर्दै आएका थिए भने केही संरचना भाडामा दिइएका थिए। प्रभावित पक्षले भने जनप्रतिनिधि नभएको समयमा राजनीतिक सहमतिका आधारमा निर्माण गरिएको दाबी गरेका छन्।

प्रकाशित मिति : आइतबार, बैशाख १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij