नवलपुर , नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका ११ गडर खोलास्थित पूर्व-पश्चिम जमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका९३ बस्ने २३ वर्षीय भुवन बोहरा र २५ वर्षीय प्रवेश बोहरा गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएकोमा भुवन बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
घाइते प्रवेश बोहरालाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ भने घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्