कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह

कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह

 

काठमाडौं । थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । हालसम्म २२१ जनाको मात्र विवरण प्राप्त भएको दूतावासले जनाएको छ ।

भिसा अवधि समाप्त भएर पनि बसेका नेपालीलाई तत्काल फर्कन पनि दूतावासले भनेको छ ।

“हालसम्म विवरण उपलब्ध गराउन छुट भएको भए, यही १० मे २०२६ को बेलुकासम्म अनिवार्य रूपमा विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।

कम्बोडियामा अनलाइन स्क्यामिङजस्ता अन्तरदेशीय आपराधिक गतिविधि तथा स्थानीय कानूनले अनुमति नदिएका अन्य क्रियाकलापहरूमा संलग्न हुनुहुन्छ भने, त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गरी नेपाल फर्कन अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।

विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्‍याउने व्यक्ति वा संस्थाविरुद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

प्राप्त विवरणका आधारमा कम्बोडिया तथा नेपाल सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक सहयोगका लागि अनुरोध गरिने दूतावासले प्रस्ट पारेको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij