देशका धेरै ठाउँमा वर्षा , गर्मीबाट राहत, काठमाण्डौ उपत्यकाका सडक जलमग्न

देशका धेरै ठाउँमा वर्षा , गर्मीबाट राहत, काठमाण्डौ उपत्यकाका सडक जलमग्न

काठमाण्डौ , हिजो बेलुकीदेखि देशका धेरै ठाउँमा पानी परेको छ । केही ठाउँमा हावाहुरीसमेत चलेको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा १४२ मिलिमिटर पानी परेको छ । रुपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोरखाको सिमानामा पर्ने आरुघाट, पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा गए राति ठूलो पानी परेको छ । ठूलो पानी परेपछि धेरैजसो सडक जलमग्न भएका छन् । ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार राति तीन घण्टामै ५७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो ठाउँमा पानी परेको छ ।

पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् । आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ । आज मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij