काठमाण्डौ, आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ ।
उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक÷दुई ठाउँमा पनि मेघ गर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ । महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ ।
गएको बिहीबारदेखि देशका धेरैजसो ठाउँमा पानी परेको छ । पानी पर्ने क्रम आज बेलुकादेखि केही कम हुने तर थोरै ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविद्को अनुमान छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्