बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा, सञ्चालक पक्राउ

बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा, सञ्चालक पक्राउ

बुटवल । बुटवलको अस्पताल लाइनमा नक्कली र प्रतिबन्धित औषधीको अवैध कारोबार भइरहेको आशंकामा सैनामैना फार्मेसीुमा छापा मारेको छ । सैनामैना फार्मेसीद्वारा सञ्चालित रैनामैना फार्मेसीका सञ्चालक बिष्णु जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उक्त फार्मेसी र त्यसको गोदाममा आकस्मिक छापा मारेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार, औषधीको शंकास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको थियो। सोही निगरानीका आधारमा गरिएको कारबाहीका क्रममा दम (Asthma)  क्रोनिक  पल्मोनरी डिजिज (COPD)  का बिरामीहरूले प्रयोग गर्ने ‘Seroflo 250 Rotacaps’  नामक श्वासप्रश्वास सम्बन्धी औषधि बरामद गरिएको छ।

भारतमा उत्पादित उक्त औषधी नक्कली भएको पुष्टि भएपछि औषधी ब्यवस्था बिभागले यसअघि नै सूचना जारी गरेर यसको खरिद- बिक्रीमा रोक लगाइसकेको थियो। प्रहरीले छापा मार्ने क्रममा फार्मेसी र गोदाममा लुकाएर राखिएको अवस्थामा फेला पारेका कतिपय औषधीहरूको वैध आयात वा आधिकारिक खरिद बिल समेत फेला परेको छैन। ती औषधीहरू कहाँबाट र कुन अवैध च्यानल प्रयोग गरेर बुटवलसम्म आइपुगे भन्नेबारे प्रहरीले गम्भीरतापूर्वक खोजी गरिरहेको जनाएको छ।

पक्राउ परेका औषधी व्यवसायी जिसीविरुद्ध औषधि ऐन र जनस्वास्थ्य विरुद्धको कसुर अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाइने डीएसपी श्रीवास्तवले जानकारी दिए। यस्तै, बरामद गरिएका औषधीहरूको वास्तविक गुणस्तर र रासायनिक अवस्था पत्ता लगाउन परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : बुधबार, असार १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij