बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३र८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।

समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल शहरू भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु। २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु। ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु। ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्फ रु २० लाख प्राप्त हुने अनुमान छ। यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत रु २ करोड ३ लाख ६५ हजार, ससर्त अनुदान (चालु) तर्फ रु ५६ लाख ५० हजार, ससर्त अनुदान (पूँजीगत) तर्फ रु १ करोड ७३ लाख, समपूरक अनुदान (पूँजीगत) बापत रु १ करोड ५० लाख र विशेष अनुदान (पूँजीगत) तर्फ रु २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।

राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट रु १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट रु। २ करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत रु १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय संकलन हुने लक्ष्य राखिएको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँड अन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट रु ७८ करोड ७७ लाख ७८ हजार ८ सय प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) रु ४० करोड गरि कुल स्रोत ३ अर्ब ८५ करोड रहने अनुमान गरिएको छ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले बजेट निर्माणमा सहयोग पुर्‍याउने राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था र नगर प्रमुख लगायत सम्पूर्ण नगरवासीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा राखेकी छन् ।

 

प्रकाशित मिति : बुधबार, असार १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij