इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल 

इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल 

बुटवल-इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल निर्विरोध निर्वाचित हुनुभएको  छ। वर्ष २६/२७ का लागि पोखरेल क्लवको अध्यक्षमा चयन हुनुभएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि इनरह्वील डिष्ट्रिक ३५० नेपालका चियरमेन डा.सृष्टि श्रेष्ठ प्रजापतिले इनरह्वील क्लवहरुले  विशेषगरी महिला सशक्तीकरणका कार्यक्रममा केन्द्रित रहन आग्रह गर्नुभयो। श्रेष्ठले स्वास्थ्य , वन र वातावरण संरक्षणका लागि वृक्षरोपण र समाजमा आवश्यकताका आधारमा गुणत्मक काम गर्न निर्देशन दिनुभयो । चियरमेन श्रेष्ठका अनुसार इनरह्वील क्लवहरुले समाजमा अझ प्रभावकारी भूमिका खेल्दै आपसी मित्रतालाई कायम राख्दै नयाँ सोँच नयाँ उर्जाका साथ समाजमा सकारात्मक सन्देश दिने गरि काम गर्न जाेड दिनुभयो । डिष्ट्रिक ३५० नेपालका पास्ट डिष्ट्रिक
चियरमेन आशा श्रेष्ठले स्वास्थ , शिक्षा , बालबालिका  महिला विकासको काममा यो क्लबले काम गर्दै  आएको र त्यस्लाई निरन्तरता दिन र समाज सुधारका कार्यक्रम गर्न आग्रह गर्नुभयो  । राेटरी कलब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेले वर्ष २५/२६ को कार्यकाल सम्पन्न गरेकोमा जुनु भणडारीलाई बधाई  दिदै वर्ष २६/२७ का नवनिवाचित अध्यक्षलाई यो वर्ष  अझै उत्कृष्ट कार्यक्रमहरु गरेर उदाहरण देखाउन शुभकामना दिँदै आफूले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  । कार्यक्रममा इनरह्वील क्लब अफ  बुटवलका वर्ष  २६/२७ का अध्यक्ष लुना श्रेष्ठले नयाँ  कार्यसमितिलाई उत्कृष्ट कार्यक्रम गरि अगाडि बढ्न शुभकामना दिनुभयोे । कार्यक्रममा पूर्व अध्यक्ष राधा  भटटाराई अधिकारी ,राधिका रिजाल , तृष्णा श्रेष्ठलगाएतले शुभकामना दिनुभएको थियोे ।क्लवको वर्ष २०२६/२७ का लागि आइपिपिमा जुनु भण्डारी, भिपिमा गिता खनाल, सचिवमा सुधा न्यौपाने, काेषाध्यक्षमा कविता परियार, आइएसाेमा राधिका गौतम, एडिटरमा प्रेरणा केसी विमला, एक्जुकेटिभ मेम्बरमा सविता बिक, कल्पना खनाल, जोईन सेक्रेटरीमा बिजु पौडेल र जोईन ट्रेजररमा सृष्टि अधिकारी भुसाल चयन हुनुभएकाे छ । नवर्निवाचित  पदाधिकारहीहरुको पद हस्तान्तरणसमेत भएको छ । वर्ष २०२५/२६ का अध्यक्ष जुनु भण्डारीले नवनिर्वाचित  पदाधिकारीलाई पद हस्तान्तरण गर्नुभएकाे हाे । क्लबले सोही अवसरमा रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३ जना विद्यार्थीहरूलाई जनही ५ हजार ५ सयका दरले छात्रवृत्ति प्रदानसमेत गरेको छ ।

अध्यक्षमा चयन हुनुभएकी उहाँ रेडियो मुक्तिमा कार्यरत हुनुहुन्छ । पत्रकारिता र सामाजिक कार्यमा सक्रिय पोखरेलले महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आउनुभएकाे छ ।  क्लवमा रहँदा इमान्दारिता र कर्तव्यनिष्ठाका साथ काम गर्दै आएका कारण पोखरेलले छोटो समयमै अध्यक्षको जिम्मेवारी पाउनुभएकाे हाे । क्लवको अध्यक्षमा चयन भएसँगै उहाँले समाजसेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने बताउनुभएकाे छ। उहाँले महिला नेतृत्व विकास, मित्रता, समाजसेवा र मानवीय सहयोगलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्नुको साथै महिला सशक्तीकरण तथा सामुदायिक विकासका गतिविधिहरूलाई सक्रिय बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा इनरह्वील क्लबका पूर्व अध्यक्षहरू, सम्पूर्ण शाखाका अध्यक्ष तथा प्रतिनिधि इनरव्हील सदस्यहरूको उपस्थिति रहेको थियो । सचिव सुधा न्यौपानेले सञ्चालन गरेकाे कार्यक्रममा भिपी गिता खनालले धन्यवाद दिनुभएको थियाे । क्लबको कार्यकाल एक वर्षको हुनेछ ।

प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij