आज राति, भोलि र पर्सि पनि ठूलो वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आज राति, भोलि र पर्सि पनि ठूलो वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाण्डौ — देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

पछिल्लो तीनघण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ । धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड र हिमालका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : सोमबार, असार २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij