तिलोत्तमामा ५५ किलोमिटर साइकल यात्रा हुने

तिलोत्तमामा ५५ किलोमिटर साइकल यात्रा हुने

तिलोत्तमामा- रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा कोरा–२०२६ को तयारी पूरा भएको छ। प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्धन गर्दै स्वास्थ्य सचेतना, वातावरण संरक्षण र अनाथ आश्रमलाई सहयोग गर्ने उद्देश्यसहित तिलोत्तमा राइडर्सको आयोजनामा साउन २ गते हुने कार्यक्रमको  तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो ।

कोरामा सहभागीहरूले ५५ किलोमिटर साइकल यात्रा गर्नेछन्। साइकल यात्रामा रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीका राइडर क्लबहरु सहभागी हुनेछन् । यस वर्षको कोरामा विश्व साइकल यात्री पुष्कर शाह विशेष आकर्षणका रूपमा सहभागी हुने आयोजक संस्थाका अध्यक्ष शंकर मल्लले बताउनुभयो। साइकलमै विश्वका १५० भन्दा बढी देशको भ्रमण गरिसकेका शाहले हालसम्म चार लाख किलोमिटरभन्दा बढी साइकलयात्रा पूरा गरिसकेका छन् । पत्रकार सम्मेलनमा विश्व साइकलयात्री पुष्कर शाहले कोरा साइकल चलाउने कार्यक्रम मात्र नभइ स्वास्थ्य, वातावरण, पर्यटन र समाजप्रतिको जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो।

अहिले नेपालमा कोराको १६ औँ संस्करणमा आइपुगेको भन्दै शाहले आफ्नो विश्वयात्राको क्रममा विभिन्न सामाजिक कामसमेत गरेको उल्लेख गर्दै दोलखामा भूकम्पपछि हेल्थपोस्ट निर्माण, सिन्धुपाल्चोकमा सौर्य ऊर्जासम्बन्धी सहयोग तथा सर्लाहीका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग गरेको अनुभव सुनाउनुभयो। उहाँले तिलोत्तमा कोराजस्ता कार्यक्रमले स्थानीय पर्यटनको विकाससँगै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तिलोत्तमा कोरामा सहभागिताका लागि १७५ जनाले नाम दर्ता गराइसकेका छन् । सहभागी संख्या करिब दुईसय पुग्ने आयोजक संस्थाका सचिव सुबास थापाले बताउनुभयो।

माथिल्लो विष्णुपुरस्थित दुर्गा मन्दिर परिसरबाट बिहान ६ बजे सुरु हुने कोराको यात्रा तिलोत्तमाका प्रमुख धार्मिक तथा पर्यटकीयस्थलहरु परिक्रमा गरी ड्राइभरटोलस्थित होटेल टुलिपको बैंक्वेट हलमा पुगेर समापन हुनेछ । साइकल यात्राको क्रममा तिलोत्तमा गौशालामा गाईलाई आहार वितरण गरिनेछ । बाउन्नकोटी मन्दिर, मोक्षधाम, कुञ्जपार्क, तिलोत्तमा पार्क, श्रीङ्गेश्वर धामलगायतका स्थानमा स्वागत ग्रहण हुनेछ।

तिलोत्तमा कोरा–२०२६ का संयोजक तथा तिलोत्तमा राइडरका उपाध्यक्ष क्याप्टेन कृष्णबहादुर कार्कीले पहिलो संस्करणले अपेक्षाभन्दा ठुलो सफलता पाएको भन्दै यस वर्ष थप व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। तिलोत्तमा राइडरका कोषाध्यक्ष दीपक भट्टराईले स्थानीय सरकार, निजी क्षेत्र, प्रायोजकको सहयोगले कार्यक्रम सफल हुने बताउनुभयो।

प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij