बुटवल बहुमुखी क्याम्पसमा‘रुट्स अफ सर्कुलारिटी’को एक दिने कार्यशाला गोष्ठी सम्पन्न

बुटवल बहुमुखी क्याम्पसमा‘रुट्स अफ सर्कुलारिटी’को एक दिने कार्यशाला गोष्ठी सम्पन्न

बुटवल, बुटवलमा स्थानीय उद्यमशिलता विकासमा काम गर्ने ‘रुट्स अफ सर्कुलारिटी’ परियोजनाले बिद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय उद्यमशिलतालाई सुदृढ बनाउनको लागि यो परियोजनाले बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तथा स्नातकोत्तर तहका बिद्यार्थीहरुबिच कार्यक्रम सञ्चालन गरेको हो ।

परियोजनाको तर्फबाट वाइल्ड लाइफ कन्जर्भेसन नेपालका राजेश्वर रिजालले हामीले उत्पादन गरेका बस्तुहरु पुनः माटोमा मिश्रण हुने गरी प्रयोग गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय उद्यमशिलतालाई सदृढ बनाउनको लागि ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना ले सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।

युरोपियन कमिसनले सहयोग तथा इम्प्याक्ट हव एशोसियशन, इम्प्याक्ट हव काठमाण्डौं र वाईल्डलाईफ कन्जरभेसन नेपालको सहकार्यमा सञ्चालित यो परियोजना मार्फत नेपालमा हरित अर्थतन्त्रको प्रणाली विस्तार गर्ने लक्ष्य राखिएको छ ।

परियोजना सञ्चालन हुने अवधिमा नेपाली नीतिहरुमा आधारभूत परिवर्तन गर्ने, यसमा नवउद्यमीलाई सहभागि गराउने र सर्कुलर अर्थतन्त्रको सिद्धान्त आत्मसात गर्न उद्यमशिल परिदृश्यको विकास गर्ने प्राथमिक लक्ष्य राखिएको छ । यो परियोजना लुम्बिनी र वागमती प्रदेशमा सञ्चालन हुनेछ ।

यो परियोजनाले सुक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्तिकरण गर्ने, सर्कुलर अर्थतन्त्रको नीति विकासको लागि शैक्षिक संस्थाहरुसंग सहकार्य गर्ने तथा मल्टि स्टेकहोल्डरसंग मैत्रीपूर्ण सम्बन्धलाई प्रवद्र्धन गर्न नेपाल सर्कुलारिटी एलाईन्स स्थापना गर्ने लक्ष्य राखिएको वाइल्ड लाइफ कन्जर्भेसन नेपालका प्रतिनिधि सन्जिब शर्माले बताउनुभयो।

नेपाली हरित अर्थनीतिमा परिवर्तन ल्याउन प्रयास गर्ने, त्यसमा नागरिकलाई संलग्न गराउने र उद्यमशिल प्रणालीमा सर्कुलर अर्थतन्त्रको अवधारणा तथा सिद्धान्तलाई समावेश गरी सशक्तिकरण गर्ने यसको मुख्य उद्देश्य रहेको उहाँले बताउनु भयो ।

सो अवसरमा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अरुण कुमार क्षेत्री, डा.प्रकाश शर्मा पौडेलले बिद्यार्थीले यी बिषयमा गहन अध्ययन गरेर आफ्नो ब्याबसायिक तथा निजी जीवनमा लागू गर्न सकिने बताउनुभएको थियो।

कार्यक्रममा करिब एकहजार जना बिद्यार्थीलाई यो सहजिकरण गरिएको आयोजकले जनाएको छ।

सो अवसरमा परियोजना सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ र इम्प्याक्ट हव काठमाण्डौं विच  सन २०२५ मा समझदारी पत्रमा हस्ताक्षर भइसकेको पनि जानकारी गराईएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij